हाम्रो पुस्तकहरूमा तपाईले चासो लिनु भएकोमा धन्यवाद। कोरोना भाइरसको (COVID-१९) महामारीको कारण, हामीसँग यस समयमा डाउनलोडका लागि मात्र ईबुकहरू उपलब्ध छन्, किनकि हामीले पत्रचार पुस्तकहरू निलम्बन गर्नुपर्‍यो। यदि तपाईं eBooks डाउनलोड गर्नुहुन्छ तर अझै मुद्रित पुस्तकहरू प्राप्त गर्न चाहानुहुन्छ भने, जब हामीले फेरी मेल गर्छौं, वा यदि तपाईं प्रिन्ट गरिएको पुस्तकहरू उपलब्ध नभएसम्म अर्डर गर्न पर्खनुभयो भने, कृपया केही महिनामा हाम्रो वेबसाइटमा फेरि जाँच गर्नुहोस्।

रेमा निःशुल्क ख्रीष्टियान पुस्तकहरू वितरण गर्ने अलाभप्रद परोपकार हो

एउटा अलाभप्रद परोपकारझैं हामी के गर्छौं, हाम्रा क्रियाकलापहरूको इतिहास र कसरी तपाईं सहभागी हुन सक्नुहुन्छ भन्नेबारे थाह गर्नुहोस् ।

रेमा साहित्य वितरकहरू एक्लो मिसन—सक्रिय रूपमा उच्चत्तम गुणस्तर ख्रीष्टियान साहित्य वितरण गर्न—मा आबद्ध भएको पृथ्वीभरिका विश्वासीहरूका एउटा समूह हुन् । १०० भन्दा बढी देशहरू र ३० भन्दा बढी भाषाहरूमा, हामी सरल सिद्धान्तअनुसार वितरण गर्छौं—हाम्रा सबै साहित्य पूर्ण रूपमा निःशुल्कमा बाँडिन्छन् ।

हामीले हामीलाई बुझ्न र हाम्रो दैनिक जीवनमा ख्रीष्टलाई जान्न र अनुभव गर्न एकदमै सहायता पुरयाएका पुस्तकहरूलाई वितरण गरिरहेका छौं । खासमा, हामी तिनीहरूका लेखकहरूद्वाराका केही मुख्य शीर्षकहरू वितरण गर्न लिभिङ स्ट्रिम मिनिष्ट्रीसित नजिक रूपले काम गर्दछौं ।

हामी एउटा लाभरहित परोपकार हौं जसको वितरण सारा संसारभरिबाटका विश्वासीहरू र मण्डलीहरूबाटका उपहारहरूद्वारा सम्भव बनाइन्छ । तिनीहरूले हामीलाई गहिरो र सन्तुष्ट पार्ने तरीकामा परमेश्वरलाई खोजी गरिरहेकाहरू सबैलाई आपूर्तिको निःशुल्क र फराकिलो च्यानल हुने माध्यमसहित जिम्मेवार सुम्पेका छन् ।

हाम्रो विश्वास

मानिसहरूले कहिलेकाहीँ हाम्रा आस्थाहरूको बारेमा सोध्छन्, यहाँ विश्वासको हाम्रो कथन छ । यी आस्थाहरूसित समर्थन गर्नु हाम्रा पुस्तकहरू प्राप्त गर्नको लागि माग होइन । हाम्रा पुस्तकहरू कुनै पनि आस्थाहरू भएको कोही पनि व्यक्तिको लागि निःशुल्कमा उपलब्ध छन् ।

हामी रेमामा सबै विश्वासीहरूद्वारा बाँडिएको साझा विश्वासलाई पक्रिराख्छौं जसका विषयवस्तुहरू सदाका लागि एक पटक नयाँ करारमा पेश गरिरहेको छ । खासमा, यो साझा नयाँ करारको विश्वास निम्नलिखित विषयहरूले रचना गरिन्छ जुनचाहिँ हामी बाइबल, परमेश्वर, ख्रीष्ट, मुक्ति र अनन्तता सम्बन्धमा विश्वास गर्छौं:

  • बाइबल पूरा परमेश्वरीय प्रकाश हो, र प्रत्येक वचनलाई पवित्र आत्मामार्फत परमेश्वरद्वारा प्रेरित गरिएको छ ।
  • परमेवर अद्वितीय र अनन्त रूपमा एक हुनुहुन्छ, र तैपनि उहाँ अनन्त रूपमा यी तीन पृथक् तर अलग नभई पिता, पुत्र, र आत्माझैं त्रिएक पनि हुनुहुन्छ ।
  • ख्रीष्टमा हुनुभएको परमेश्वर येशू भनिने असली, सिद्ध मानिसझैं देहधारी हुनुभयो । उहाँ हाम्रो छुटकाराको निम्ति प्रत्यापन्न मृत्यु मर्नुहुँदै, क्रूसमा टाँगिनुभयो । तेस्रो दिनमा महिमामय शरीरसहित पुनरुत्थित हुनुभई, उहाँ मरेकाहरूमाझबाट बौरिउठ्नुभयो । उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ आरोहण हुनुभयो र सबैका प्रभु बनाइनुभयो ।
  • मानिसले पाप गरयो र पापमय छ, र यस्तो व्यक्तिझैं ऊ परमेश्वरको न्यायमुनि परयो । तर ख्रीष्टको प्रत्यापन्न मृत्युमार्फत, मानिसको निम्ति पाप र परमेश्वरको न्यायबाट मुक्ति प्राप्त गर्न त्यो मार्ग खुल्ला पारियो । जुन बेला कुनै व्यक्तिले परमेश्वरतर्फ पश्चाताप गरेर प्रभु येशू ख्रीष्टभित्र विश्वास गर्दछ, उसले अनन्त मुक्ति, पापहरूको क्षमा, परमेश्वरसामु धर्मिकरण र परमेश्वरसित शान्ति पनि प्राप्त गर्दछ । यसमा आधारित भएर, मुक्त भएको व्यक्तिले उसलाई परमेश्वरको एउटा बालक र ख्रीष्टको शरीरको एउटा अङ्ग बनाउने, परमेश्वरीय जीवन र स्वभाव प्राप्त गर्दछ जसमा सम्पूर्ण विश्वासीहरू बढ्दछन् र परिपक्वतासम्मै एकसाथ निर्मित हुन्छन् ।
  • ख्रीष्ट उहाँका विश्वासीहरूलाई उहाँ स्वयमतर्फ प्राप्त गर्न पृथ्वीमा फेरि आउँदैहुनुहुन्छ । अनन्ततामा उहाँको चुनावका परमेश्वरको मुक्तिको समापन, नयाँ यरूशलेममा हामी परमेश्वरसँगै वास गर्नेछौं ।

रेमामा हाम्रो लक्ष्य ख्रीष्टियान लेखहरूको अद्वितीय संग्रह निःशुल्कमा आपूर्ति गर्नु हो जुनले यो नयाँ करारको विश्वासको पाठकको बुझाइ र अनुभवलाई अधिकत्तम पार्नेछ भनी हामी विश्वास गर्छौं । विश्वासीहरूले उहाँको छुटकारामार्फत ख्रीष्टमा अनन्त मुक्तिलाई मात्र होइन, तर उहाँको जीवनमा दैनिक मुक्त गराइ पनि रुचाउनेछन्, जुन कुरालाई बाइबलबाटको आत्मिक खानाद्वारा व्यवहारिक रूपमा महसुस गर्न सकिन्छ । यो हाम्रो अनुभव रहेको छ; हामी आशा गर्छौं यो तपाईंको पनि हुनेछ ।

हाम्रो इतिहास

रेमा साहित्य वितरणहरूको ३०+ वर्षको इतिहास

१९८०’ को मध्यदेखि, रेमाले निःशुल्क साहित्य वितरण कार्यान्वयन गरिरहेको छ । हामीले पहिला अघिल्ला सोभियत युनियनका देशहरूमा रसियाली भाषाहरूमा बाइबलहरू र आत्मिक पुस्तकहरू वितरण गर्न शुरू गरयौं । वितरणको हाम्रो मुख्य माध्यम प्रत्येक अनुरोधकलाई डाँकद्वारा नै थियो, तर हामीले धेरै ठाउँहरूभित्र परमेश्वरको वचनबाटका सत्यहरू फैलाउन अरू समूहहरूसित पनि सहकार्य गरयौं ।

१९९० मा रसियाली भाषामा भएको कोसिस व्यापक फूटनोट र अध्ययन सामग्रीहरू समाविष्ट गर्ने नयाँ रसियाली नयाँ करारको बृहत् वितरणमा शिखरमा पुग्यो ।

२००१ मा, रेमाले अरू भाषाहरू र देशहरूमा निःशुल्क आत्मिक साहित्यको खाँचोलाई विचार गर्न शुरू गरयो, जुनले पृथ्वीका अरू प्रमुख क्षेत्रहरू समावेश गर्न क्रमिक विस्तारको परिणाम दियो । पहिलो लहरस्वरूप, हामीले दश अतिरिक्त भाषा थप्यौं र वितरणको निम्ति पुस्तकहरूको मापदण्ड समूह तयार पारयौं ।


विगतका यी २० वर्षहरूभरि, ख्रीष्टियान साहित्यका लाखौं प्रतिलिपिहरू—सबै निःशुल्कमा—गइगएका छन् ।

सहभागी हुनुहोस्

तपाईंले सहभागी हुन सक्ने तीन मार्गहरू छन् । पहिलो तपाईंको प्रार्थनाद्वारा; दोस्रो, दानमार्फत; तेस्रो, तपाईंको क्षेत्रमा निःशुल्क साहित्य वितरणमा सहभागी भएर ।

प्रार्थना गर्नुभएर सहभागी हुनुहोस

धेरैले तिनीहरूका क्षेत्रमा र संसारभरि नै वितरणमा सहभागी हुने चाहना प्रकट गरेका छन् । हामी अझ बढी जानकारीको निम्ति यी अनुरोधहरूलाई सराहना गर्दछौं र तपाईंले हामीसित जोडिन सक्ने तरीकाहरूसहित यो खण्डमा जवाफ दिने आशा गर्दछौं । हामीले सहभागिताका तीन श्रेणीहरूमा यो खण्डलाई तल बाँडेका छौं: प्रार्थना, दानहरू, र वितरणद्वारा ।

सहभागी हुने पहिलो र एकदमै महत्वपूर्ण तरीका प्रार्थनाद्वारा हो । विविध भाषाहरू र देशहरूमा निःशुल्क पुस्तकहरू वितरण गर्नुको प्रक्रियामा, हामीलाई पहिलो तिमोथी अध्याय २ मा भेट्टाएको मानिसको मुक्तिको निम्ति विशेष प्रार्थना अनुरोधले प्रभाव पारिएका छन् ।

त्यसकारण म अनुरोध गर्दछु, सर्वप्रथम, अन्तर्विन्तीहरू, निवेदनहरू, धन्यवाद ज्ञापनहरू सबै मानिसहरूका निम्ति चढाइऊन्; राजा र उच्च दर्जाहरूमा रहेका सबैका पक्षमा, कि हामीले सारा भक्ति र ईमान्दरितामा शान्ति र चैनको जीवन बिताउन सकौं । यो कुरा परमेश्वर हाम्रो मुक्तिदाताको दृष्टिमा असल र ग्रहणयोग्य छ, जसले सबै मानिसहरू मुक्त होऊन् र सत्यको पूर्ण ज्ञानमा आऊन् भन्ने चाहना गर्नुहुन्छ । १ तिमोथी २:१–४

यहाँ हामीले निम्न कुरालाई ध्यान दिन सक्छौं:

  • मानिसहरूको पक्षमा अन्तर्विन्तीहरू, मध्यस्तताहरू, र धन्यवाद ज्ञापनहरूलगायत, प्रार्थनाका बहुमुखी तहहरू ।
  • प्रार्थना सबै मानिसहरूतर्फ निर्देशित छ, र राजाहरू र शासकहरूलाई पनि समाविष्ट गर्दछ । हामीले आज संसारको स्थितिलाई विचार गर्दा, निश्चय नै अहिलेसम्म भएको भन्दा पनि बढी यो नै परमेश्वरको चाहना परिपूर्ण गरिने चाबी हो ।
  • परमेश्वरको चाहना दुईगुणा छः सबै मानिसहरू मुक्त हुनको निम्ति, र तिनीहरू सत्यको पूर्ण ज्ञानमा आउनको निम्ति । प्रार्थनामा हुने हाम्रो सहभागिताले यो चाहनालाई प्रतिबिम्बित पनि गर्नुपर्दछ ।
  • यो प्रार्थना ज्यादै खास र लक्ष्य निर्धारित छ, किनभने यसले शान्ति र चैनको जीवनको खाँचोलाई पनि उल्लेख गर्दछ । यस्तो स्थितिमा परमेश्वरले मानिसहरूलाई मुक्त गर्ने र तिनीहरूलाई सत्यको पूर्ण ज्ञानमा ल्याउने मार्ग पाउनुहुन्छ ।

हाम्रा आफ्नै अनुभवले देखाएको छ कि परमेश्वरका जनहरूको समूह जब यस्तो प्रार्थनामा सहभागी हुनेछन्, केही वर्षहरूको अवधिभरिमा यी सबै खास बुँदाहरू भइहाल्नेछन् । हामी ईमान्दारसाथ आशा गर्दछौं कि धेरैहरूले यी पुस्तकहरूले स्वतन्त्र रूपमा सत्यको पूर्ण ज्ञान फैलाओस् भन्ने यस्तो तरीकामा प्रार्थना गर्नेछन् ।

दान दिनुभएर सहभागी हुनुहोस्

रेमा संयुक्त राज्य अमेरिका, वासिङ्टन स्टेटमा १९८२ मा स्थापित लाभरहित निगम हो । रेमाको लागि योगदानहरू यू. यस्. अनुसार भ्याट कटौतीपूर्ण हुन्छन् । आन्तरिक राजस्व नियमावली धारा ५०१ (ग) (३) । सञ्चालकहरूको स्वतन्त्र समिति छ जसले रेमाका वित्तहरूको नियन्त्रण गर्दछ ।

सबै दानहरूको सराहना गरिन्छन् र बाइबल र ख्रीष्टियान साहित्य वितरण गर्न र सहायक क्रियाकलापहरूको भार बहन गर्न प्रयोग गरिन्छन्, जस्तो कि सम्मेलनहरू र सेमिनारहरू आयोजना गर्नु, जसले पाठकहरूलाई बाइबलमा अटाइएका सत्यहरू बुझ्न र अनुभव गर्न सहायता गर्दछ ।

तपाईंको व्यक्तिगत जानकारी व्यापारिक उद्देश्यहरूको लागि खुल्ला गरिनेछैन वा अरू सङ्घसंस्थाहरूसित बाँड्नेछैन ।

देऊ, र तिमीलाई पनि दिइनेछ; पूरा–पूरा नाप, खाँदी–खाँदी, हल्लाई–हल्लाई, र पोखिने गरी, तिनीहरूले तिमीहरूको काखमा हालिदिनेछन् । किनकि जुन नापले तिमीहरू नाप्दछौ, त्यही नापले तिमीहरूका निम्ति फेरि नापिनेछ ।
लूका ६:३८

रेमालाई दिनलाई प्रभुद्वारा बोझयुक्त पारिएकाहरूले निम्नलिखित तरीकाहरूमा दान दिन सक्छन्ः

दान गर्नुहोस्

स्वयम सेवक बन्नुभएर सहभागी हुनुहोस

त्यसकारण जाओ र तिनीहरूलाई पिताको र पुत्रको र पवित्र आत्माको नाममा बप्तिस्मा दिदै, सबै जातिहरूलाई चेला बनाओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै पालन गर्न सिकाओ । अनि हेर, म युगको समापन नभइञ्जेलसम्म सारा दिनहरू तिमीहरूसँगै छु ।
मत्ती २८:१९–२०

तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुनेछ तब तिमीहरूले शक्ति प्राप्त गर्नेछौ, र तिमीहरू दुवै यरूशलेममा र सारा यहूदिया र सामरियामा र पृथ्वीको पल्लो छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।
प्रेरित १:८

पृथ्वीका विविध भागहरूमा निःशुल्क साहित्य वितरणमा सहभागी हुन चाहनेहरूले कृपया हामीलाई सम्पर्क गर्नुहोस् ।

रेमालाई सम्पर्क गर्नुहोस्

हाम्रा निःशुल्क ख्रीष्टियान पुस्तकहरू

इबुक वा मुद्रित पुस्तक प्रारूपमा उपलब्ध

हाम्रा पुस्तकहरूले तपाईंलाई बाइबल जान्न, ख्रीष्ट बारे सिक्न, र हाम्रो ख्रीष्टियन जीवनको निम्ति व्यवहारिक सहायता आपूर्ति गर्न सक्छ । यो ऋङखलाले ३ समूहहरूमा भएका ७ पुस्तकहरू समावेश गर्छन् । यो ऋङखलामा भएका शीर्षकहरू प्रगतिमय छन् र हरेकको लागि आश्चर्यजनक आपूर्ति हुन् ।

अझ बढी थाह गर्नुहोस्

अरूहरूसित शेयर गर्नुहोस्