हाम्रो पुस्तकहरूमा तपाईले चासो लिनु भएकोमा धन्यवाद। कोरोना भाइरसको (COVID-१९) महामारीको कारण, हामीसँग यस समयमा डाउनलोडका लागि मात्र ईबुकहरू उपलब्ध छन्, किनकि हामीले पत्रचार पुस्तकहरू निलम्बन गर्नुपर्‍यो। यदि तपाईं eBooks डाउनलोड गर्नुहुन्छ तर अझै मुद्रित पुस्तकहरू प्राप्त गर्न चाहानुहुन्छ भने, जब हामीले फेरी मेल गर्छौं, वा यदि तपाईं प्रिन्ट गरिएको पुस्तकहरू उपलब्ध नभएसम्म अर्डर गर्न पर्खनुभयो भने, कृपया केही महिनामा हाम्रो वेबसाइटमा फेरि जाँच गर्नुहोस्।

मानव जीवनको रहस्य

मानव जीवनको रहस्य

तपाईं यस संसारमा किन जिइरहनुभएको छ र तपाईंको जीवनको उद्देश्य के हो भनी के तपाईंले आफैलाई कहिल्यै सोध्नुभएको छ ? यो रहस्य खोल्ने छवटा चाँबीहरू छन्।

१. परमेश्वरको योजना

परमेश्वरले मानिसमार्फत उहाँ स्वयम् लाई प्रकट गर्न चाहनुहुन्छ (रोमी ८:२९) । यही उद्देश्यको लागि, उहाँले मानिसलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो (उत्पत्ति १:२६) । जसरी एउटा पञ्जालाई हात राख्न हातकै स्वरूपमा बनाइन्छ त्यसरी नै परमेश्वर अटाउनलाई परमेश्वरकै स्वरूपमा मानिसलाई पनि बनाइएको छ । उसको विषयवस्तुझैं परमेश्वरलाई ग्रहण गरेर, मानिसले परमेश्वरलाई प्रकट गर्न सक्छ (२ कोरिन्थी ४:७) ।

२. मानिस

उहाँको योजना पूरा गर्नलाई, परमेश्वरले मानिसलाई भाँडोझैं बनाउनु भयो (रोमी ९:२१-२४) । यस भाँडोका तीन वटा भागहरू छन्: शरीर, प्राण, र आत्मा (१ सलोनी ५:२३) । शरीरले भौतिक जगतका कुराहरूलाई सम्पर्क गर्दछ र ग्रहण गर्दछ । प्राण, मानसिक क्षमताले मनोवैज्ञानिक जगतका कुराहरूलाई सम्पर्क गर्दछ र ग्रहण गर्दछ । अनि मानव आत्मा, मानिसको अन्तस्करणको भागचाहिँ परमेश्वर स्वयम् लाई नै सम्पर्क गर्न र ग्रहण गर्नलाई बनाइयो (यूहन्ना ४:२४) । मानिसलाई उसको पेटमा भोजन अटाउनलाई, अथवा उसको मनमा ज्ञान अटाउनलाई होइन, तर उसको आत्मामा परमेश्वरलाई अटाउनलाई सृष्टि गरियो (एफिसी ५:१८) ।

३. मानिसको पतन

तर मानिसले उसको आत्माभित्र परमेश्वरलाई जीवनझैं ग्रहण गर्न सक्नुभन्दा अघि नै पाप ऊभित्र प्रवेश गर्‍यो (रोमी ५:१२) । पापले आत्मालाई मृत पार्‍यो (एफिसी २:१), उसलाई उसको मनमा परमेश्वरको शत्रु बनायो (कलस्सी १:२१), र उसको शरीरलाई पापमय देह मा स्वभाव परिवर्तन गर्‍यो (उत्पत्ति ६:३, रोमी ६:१२)। यसरी, पापले मानिसका सबै तीन भागहरूलाई बिगार्‍यो, र परमेश्वरबाट उसलाई बिमुख पार्‍यो । यस अवस्थामा मानिसले परमेश्वरलाई ग्रहण गर्न सक्दैनथ्यो ।

४. परमेश्वरको वितरण गराइको लागि ख्रीष्टको छुटकारा

तैपनि, मनिसको पतनले परमेश्वरलाई उहाँको शुरूवातको योजना पूरा गर्नबाट निरुत्साहित गरेन । उहाँको योजना पूरा गर्नको लागि, परमेश्वर पहिला येशू खीष्ट कहलाइने मानिस बन्नुभयो (यूहन्ना १:१,१४) । त्यसपछि मानिसलाई छुटकारा गर्न ख्रीष्ट क्रूसमा मर्नुभयो (एफिसी १:७), यसरी उसको पापलाई उठाइलैजानुभयो (यूहन्ना १:२९) र उसलाई परमेश्वरतिर फर्काइल्याउनुभयो (एफिसी २:१३) । अन्त्यमा, पुनरुत्थानमा, उहाँ जीवन- दिने आत्मा बन्नुभयो (१ कोरिन्थी १५:४५) ताकि उहाँले उहाँको खोज्न नसकिने प्रचुर जीवन मानिसको आत्माभित्र वितरण गर्न सकून् (यूहन्ना २०:२२, ३: ६)।

५. मानिसको पुनर्जन्म

खीष्ट जीवन-दिने आत्मा बन्नु- भएकोले, मानिसले अब उसको आत्माभित्र परमेश्वरको जीवन ग्रहण गर्न सक्छ । बाइबलले यसलाई पुनर्जन्म भन्दछ (१ पत्रुस १:३ यूहन्ना ३:३)। यो जीवन ग्रहण गर्नको लागि, मानिसले परमेश्वरतिर पश्चाताप गर्नु र प्रभु येशू ख्रीष्टमा विश्वास गर्नु आवश्यक हुन्छ (प्रेरित २०:२१, १६:३१) ।

पुनर्जन्म हुनको लागि, खुल्ला र ईमान्दार हृदयसाथ केवल प्रभुकहाँ आएर उहाँलाई भन्नुहोस्ः

प्रभु येशू, म पापी हुँ । मलाई तपाईंको खाँचो छ । मेरो लागि मर्नुभएकोमा धन्यवाद छ । प्रभु येशू, मलाई क्षमा दिनुहोस् । मेरो सबै पापहरूबाट मलाई सफा गर्नुहोस् । तपाईं मरेकाहरूबाट बौरिउनुभयो भनी म विश्वास गर्दछु । अहिले नै म तपाईंलाई मेरो मुक्तिदाता र जीवनझैं ग्रहण गर्दछु । मभित्र आउनुहोस् । तपाईंको जीवनले मलाई भर्नुहोस् । प्रभु येशू, तपाईंको उद्देश्यको लागि म स्वयम् लाई तपाईंलाई दिँदछु।

६. परमेश्वरको पूर्ण मुक्ति

पुनर्जन्मपछि, एक जना विश्वासीले बप्तिस्मा लिन आवश्यक हुन्छ (मकूस १६:१६) । त्यसपछि परमेश्वरले उहाँ स्वयम् लाई जीवनझैं त्यो विश्वासीको आत्माबाट उसको प्राणभित्र क्रमिक रूपले फैलाउने जीवन भरिको प्रक्रिया शुरू गर्नुहुन्छ (एफिसी ३:१७) । रूपान्तरण (रोमी १२:२) भनिने यो प्रक्रियालाई मानव सहकार्यको आवश्यक हुन्छ (फिलिप्पी २:१२) । त्यो विश्वासीले उसका सबै चाहनाहरू, सोचहरू, र निर्णयहरू ख्रीष्टकै चाहनाहरू, सोचहरू, र निर्णयहरूसँग एउटै नहुञ्जेल उसको प्राणभित्र प्रभुलाई फैलिन दिएर सहकार्य गर्दछ । अन्त्यमा, ख्रीष्टको पुनरागमनमा, परमेश्वरले त्यो विश्वासीको शरीरलाई उहाँको जीवनले पूर्ण रूपले संतृप्त पार्नुहुनेछ । यसलाई महिमित करण भनिन्छ (फिलिप्पी ३:२१) । यसरी, प्रत्येक भागमा खाली हुनु र बिग्रिएको हुनुको साटो, यो मानिसचाहिँ परमेश्वरको जीवनले भरिन्छ र संतृप्त पारिन्छ । यो परमेश्वरको पूर्ण मुक्ति हो ! यस्तो मानिसले अब परमेश्वरलाई प्रकट गर्दछ र परमेश्वरको योजना पूरा गर्दछ !

यो जीवन ग्रहण गरिसकेपछि एक जना विश्वासी ऊ यस जीवनमा बढ्न र परिपक्व हुन सकोस् भनी परमेश्वरको जीवनद्वारा पालनपोषण गरिन र आपूर्ति गरिनको निम्ति ख्रीष्टियन भेलाहरूमा उपस्थित हुन खाँचो पर्छ। ख्रीष्टको शरीरमा हुने अरू विश्वासीहरूसितको सङ्गतिमा एक जना विश्वासीले ख्रीष्टको उपस्थितिका प्रचुरताहरूलाई रुचाउन सक्छ।

यो भाग एक ख्रीष्टियान जीवनका आधारभूत तत्वहरूको पहिलो अध्याय हो । तपाइँ तपाइँको नि: शुल्क प्रतिलिपि पढ्न जारी राख्न अनुरोध गर्न सक्नुहुन्छ।


अरूहरूसित शेयर गर्नुहोस्