हाम्रो पुस्तकहरूमा तपाईले चासो लिनु भएकोमा धन्यवाद। कोरोना भाइरसको (COVID-१९) महामारीको कारण, हामीसँग यस समयमा डाउनलोडका लागि मात्र ईबुकहरू उपलब्ध छन्, किनकि हामीले पत्रचार पुस्तकहरू निलम्बन गर्नुपर्‍यो। यदि तपाईं eBooks डाउनलोड गर्नुहुन्छ तर अझै मुद्रित पुस्तकहरू प्राप्त गर्न चाहानुहुन्छ भने, जब हामीले फेरी मेल गर्छौं, वा यदि तपाईं प्रिन्ट गरिएको पुस्तकहरू उपलब्ध नभएसम्म अर्डर गर्न पर्खनुभयो भने, कृपया केही महिनामा हाम्रो वेबसाइटमा फेरि जाँच गर्नुहोस्।

ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू—भाग तीन

वाचमेन नी र विटनेस लीद्वाराको

समूह तीन, पहिलो पुस्तक, ४२ पृष्ठहरू ।

निःशुल्क ख्रीष्टियान पुस्तक - ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग तीन निःशुल्क ख्रीष्टियान पुस्तक - ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग तीन

वाचमेन नी र विटनेस लीले केवल सही र गलतको सिद्धान्तभन्दा बाहेक नै जिउनको लागि उच्च सिद्धान्त छ भनी प्रकाश पार्दछ । जब हामीले परमेश्वरको जीवनलाई हामीमा परिचालन हुने अनुमति दिँदछौं, यसले हामीलाई उचित जियाइभित्र ल्याउँदछ, जसले मण्डलीको निर्माणको निम्ति परमेश्वरसित सहकार्य गराइको परिणाम दिँदछ ।

  • कसरी ख्रीष्टियनीटि केवल सही र गलतको मापदण्डमा होइन, तर जीवनमा आधारित छ भनी थाहा पाउनुहोस् ।
  • कसरी परमेश्वरीय जीवनद्वारा जिउने र तपाईंभित्रको यो जीवनलाई सन्तुष्ट पार्ने भनी थाहा पाउनुहोस् ।
  • मण्डलीको निम्ति परमेश्वरको अनन्त योजना के छ भनी पत्ता लगाउनुहोस् ।
  • बाइबल प्रथमतः जीवनको पुस्तक हो र बाह्य मापदण्डहरूको पुस्तक होइन भनी थाहा पाउनुहोस् । कसरी परमेश्वरको वचन रुचाउने, स्वाद लिने र यसद्वारा जिउने भनी थाहा पाउनुहोस् ।

पछाडीको आवरण

“ख्रीष्टियान जीवनको लागि आधारभूत हुने ख्रीष्टका अझ बढ्ता अनुभवहरू छन् । विश्वासीहरूझैं, हामी केवल सही र गलतको सिद्धान्तभन्दा बढी, जीवनको झन् उच्च सिद्धान्तअनुसार जिउनुपर्छ । जब परमेश्वरको जीवन हामीमा परिचालन हुँदछ, जीवनको यो चम्काइले हामीलाई उचित जियाइभित्र ल्याउनेछ र हामीलाई परमेश्वरको सामूहिक अभिव्यक्ति, जुनचाहिँ मण्डली हो, भित्र अरू विश्वासीहरूसित निर्माण गर्नेछ । वाचमेन नी र विटनेस लीद्वारा लेखिएका, ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग तीनमा, यी अनुभवहरूको विस्तृत विवरण दिन्छन् । यी सन्देशहरूले दुवै प्रभुमा तिनीहरूका व्यक्तिगत बढाइको निम्ति र मण्डलीको बढाइ र निर्माणको निम्ति सबै विश्वासीहरूभित्र आत्मिक खाना प्रदान गर्नेछन् ।”

विषयसूचि

  1. जियाइका दुई सिद्धान्तहरूः जीवनको सिद्धान्त वा सही र गलतको सिद्धान्तः के तपाईं कहिल्यै सही, भक्त कुरा गर्नु के हो भनी पत्ता लगाउनुको सङ्घर्षमा अल्झिनुभएको छ । हामीलाई सही र गलतको सिद्धान्तअनुसार हुर्काइएका छन् तर अब ख्रीष्टियानहरूझैं, हाम्रो मापदण्ड उच्च छ—परमेश्वरको जीवनअनुसार जिउनु ! यो जीवन–परिवर्तनमूलक अध्यायमा, वाचमेन नीले जीवनको सिद्धान्तद्वारा जिउनुको यो व्यवहारिक विषय खुल्ला पार्दछ ।
  2. मण्डलीलाई निर्माण गर्ने मार्गः हामीसँग पृथ्वीमा आज उद्देश्य छ र त्योचाहिँ ख्रीष्टको शरीर हुने मण्डली निर्माण गर्नु हो । यो अध्यायमा तपाईंले कसरी तपाईंले अहिले नै मण्डलीको निम्ति परमेश्वरको चाहनामा भाग पाउन सक्नुहुन्छ भनी महसुस गर्नुहुन्छ ।
  3. वचनलाई प्रार्थना–पढाइ गर्नुः एक जना ख्रीष्टियानझैं, बढाइको आवश्यकता हुन्छ । जसरी कुनै बच्चा बच्चा नै रहनु अनौठो हुनेछ, ख्रीष्टियानसित बढाइ नै नहुनु पनि असामान्य हो । कसरी हामी प्रभुमा बढ्छौं ? योचाहिँ परमेश्वरको वचनमा भएको आत्मिक दूध र पोषणद्वारा नै हो ! विटनेस लीले हामीलाई प्रार्थनाद्वारा जीवित तरीकामा कसरी परमेश्वरको वचनलाई लिने भनी गोप्य कुरा दिँदछ ।

निःशुल्क ख्रीष्टियान पुस्तक ऋृङ्खला

परमेश्वरको कार्यप्रणाली जीवनको ज्ञान

अरूहरूसित शेयर गर्नुहोस्