हाम्रो पुस्तकहरूमा तपाईले चासो लिनु भएकोमा धन्यवाद। कोरोना भाइरसको (COVID-१९) महामारीको कारण, हामीसँग यस समयमा डाउनलोडका लागि मात्र ईबुकहरू उपलब्ध छन्, किनकि हामीले पत्रचार पुस्तकहरू निलम्बन गर्नुपर्‍यो। यदि तपाईं eBooks डाउनलोड गर्नुहुन्छ तर अझै मुद्रित पुस्तकहरू प्राप्त गर्न चाहानुहुन्छ भने, जब हामीले फेरी मेल गर्छौं, वा यदि तपाईं प्रिन्ट गरिएको पुस्तकहरू उपलब्ध नभएसम्म अर्डर गर्न पर्खनुभयो भने, कृपया केही महिनामा हाम्रो वेबसाइटमा फेरि जाँच गर्नुहोस्।

ख्रीष्टियान लेखक, वाचमेन नीबारे

वाचमेन नी, उनका सेवकाइ, लेखहरू र आस्थाहरूबारे थाहा पाउनुहोस् ।

हामी प्रभुलाई धन्यवाद दिन्छौं कि ख्रीष्टको शरीरको लागि वाचमेन नी र उनको सहकर्मी विटनेस लीको सेवकाइ ८० वर्षभन्दा बढीसम्म पृथ्वीका सारा महाद्वीपमा भएका प्रभुका सन्तानहरूका लागि आशिष् हुँदैआएको छ । तिनीहरूका लेखहरूलाई धेरै भाषाहरूमा अनुवाद गरिएका छन् । हाम्रा पाठकहरूले हामीलाई वाचमेन नी र विटनेस लीका बारेमा धेरै प्रश्नहरू सोधेका छन् । तिनीहरूका प्रश्नहरूको प्रत्युत्तरस्वरूप हामी यी दुई ब्रदरहरूको जीवन र कामको यो संक्षिप्त खाका प्रस्तुत गर्छौं ।

यी दुई ब्रदरहरूका सेवकाइको मुख्य चरित्र यो हो कि तिनीहरूले बाइबलको शुद्ध वचनअनुसार सत्यहरू सिकाए ।

वाचमेन नीबारे

वाचमेन नीले सत्र वर्षको उमेरमा ख्रीष्टलाई ग्रहण गरे । उनको सेवकाइ सारा संसारभरि खोजी गर्ने विश्वासीहरूमाझ प्रख्यात छन् । धेरैले आत्मिक जीवन र ख्रीष्ट र उहाँका विश्वासीहरूबीचको सम्बन्धको बारेमा उनका लेखहरूबाट सहायता प्राप्त गरेका छन् । तैपनि, धेरै मानिसहरूले उनको सेवकाइको अर्को समान रूपले निर्णायक पक्षको बारेमा जान्दैनन्, जुनले मण्डली जीवनको अभ्यास र ख्रीष्टको शरीरको निर्माणलाई जोड दिन्छ । ब्रदर नीले दुवै ख्रीष्टियान जीवन र मण्डली जीवनसम्बन्धी धेरै पुस्तकहरू लेखे । उनको जीवनको अन्त्यसम्मै वाचमेन नी परमेश्वरको वचनमा भएको प्रकाशको खुल्ला गराइको निम्ति प्रभुद्वारा दिइएको एउटा उपहार थिए । मुख्य भूमि चीनमा प्रभुको निम्ति झ्यालखानामा बीस वर्ष कष्ट भोगेपछि, उनी येशू ख्रीष्टको एउटा विश्वासयोग्य साक्षीझैं १९७२ मा मरे ।

निम्न कुराहरू वाचमेन नी र विटनेस लीका मुख्य आस्थाहरूको विस्तृत वर्णन हुन्ः

  • पवित्र बाइबल पवित्र आत्माद्वारा शाब्दिक रूपमा प्रेरित गरिएको भूल गर्न नसक्ने र परमेश्वरले–सास फेरिएको पूर्ण परमेश्वरीय प्रकाश हो ।
  • परमेश्वर अनन्तदेखि अनन्तसम्म समान रूपले सह–अस्तित्वमा रहने र पारस्परिक रूपमा सहवर्ती हुने एकमात्र त्रिएक परमेश्वर—पिता, पुत्र र पवित्र आत्मा—हुनुहुन्छ । परमेश्वरको पुत्र, परमेश्वर स्वयम् नै, उहाँ हाम्रो छुटकाराकर्ता र मुक्तिदाता हुनको लागि कन्या मरियमबाट जन्मिनुभई, येशू नाउँ गर्नुभएको एक जना मानिसझैं देहधारी हुनुभयो ।
  • असली मानिस, येशू पिता परमेश्वरलाई मानिसहरूकहाँ जान्ने तुल्याउनको लागि यस पृथ्वीमा साढे तेत्तीस वर्षसम्म जिउनुभयो ।
  • उहाँको पवित्र आत्माले परमेश्वरद्वारा अभिषेक गरिनुभएको ख्रीष्ट, येशूले हाम्रा पापहरूको निम्ति क्रूसमा मर्नुभयो र हाम्रो छुटकाराको परिपूर्ण गराइको निम्ति उहाँको रगत बगाउनुभयो ।
  • तीन दिनसम्म दफन गरिएपछि, येशू ख्रीष्ट मरेकाहरूबाट बौरिउठ्नुभयो, र चालीस दिनपछि उहाँ स्वर्गभित्र आरोहण हुनुभयो, जहाँ परमेश्वरले उहाँलाई सबैका प्रभु बनाउनुभयो ।
  • उहाँको आरोहणपछि ख्रीष्टले उहाँका छनोट गरिएका अङ्गहरूलाई एउटै शरीरभित्र बप्तिस्मा गर्नको लागि परमेश्वरको आत्मालाई खन्याउनुभयो । आज यो आत्मा पापीहरूलाई कायल पार्न, तिनीहरूभित्र परमेश्वरीय जीवन प्रदान गर्नुभएर परमेश्वरका छनोट गरिएका मानिसहरूलाई पुनर्जन्म गर्न, जीवनमा हुने तिनीहरूको बढाइको निम्ति ख्रीष्टका विश्वासीहरूमा वास गर्न, र उहाँको पूर्ण अभिव्यक्तिको निम्ति ख्रीष्टको शरीरलाई निर्माण गर्न यस पृथ्वीमा चल्नुहुन्छ ।
  • यो युगको अन्त्यमा ख्रीष्ट उहाँका विश्वासीहरूलाई उठाउन, संसारलाई न्याय गर्न, पृथ्वीलाई स्वामित्वमा लिन, र उहाँको अनन्त राज्यलाई स्थापना गर्नलाई फर्किआउनुहुनेछ ।
  • विजयी सन्तहरूले हजार वर्षको राज्यमा ख्रीष्टसँगै शासन गर्नेछन्, र ख्रीष्टमा हुने सारा विश्वासीहरू अनन्तकालको निम्ति नयाँ स्वर्ग र नयाँ पृथ्वीमा नयाँ यरूशलेममा परमेश्वरीय आशिषहरूमा सहभागी हुनेछन् ।

हाम्रा निःशुल्क ख्रीष्टियान पुस्तकहरू

इबुक वा मुद्रित पुस्तक प्रारूपमा उपलब्ध

हाम्रा पुस्तकहरूले तपाईंलाई बाइबल जान्न, ख्रीष्ट बारे सिक्न, र हाम्रो ख्रीष्टियन जीवनको निम्ति व्यवहारिक सहायता आपूर्ति गर्न सक्छ । यो ऋङखलाले ३ समूहहरूमा भएका ७ पुस्तकहरू समावेश गर्छन् । यो ऋङखलामा भएका शीर्षकहरू प्रगतिमय छन् र हरेकको लागि आश्चर्यजनक आपूर्ति हुन् ।

अझ बढी थाह गर्नुहोस्

अरूहरूसित शेयर गर्नुहोस्