हाम्रो पुस्तकहरूमा तपाईले चासो लिनु भएकोमा धन्यवाद। कोरोना भाइरसको (COVID-१९) महामारीको कारण, हामीसँग यस समयमा डाउनलोडका लागि मात्र ईबुकहरू उपलब्ध छन्, किनकि हामीले पत्रचार पुस्तकहरू निलम्बन गर्नुपर्‍यो। यदि तपाईं eBooks डाउनलोड गर्नुहुन्छ तर अझै मुद्रित पुस्तकहरू प्राप्त गर्न चाहानुहुन्छ भने, जब हामीले फेरी मेल गर्छौं, वा यदि तपाईं प्रिन्ट गरिएको पुस्तकहरू उपलब्ध नभएसम्म अर्डर गर्न पर्खनुभयो भने, कृपया केही महिनामा हाम्रो वेबसाइटमा फेरि जाँच गर्नुहोस्।

विटनेस लीबारे

विटनेस ली, उनका सेवकाइ, लेखहरू र आस्थाहरूबारे थाहा पाउनुहोस् ।

विटनेस ली वाचमेन नीको सबभन्दा नजिक र ज्यादै भरोसायोग्य सहकर्मी थिए । १९२५ मा, उन्नाइस वर्षको उमेरमा, उनले गतिशील आत्मिक पुनर्जन्मलाई अनुभव गरे र उहाँलाई सेवा गर्नको निम्ति स्वयमलाई जीवित परमेश्वरकहाँ समर्पण गरे । त्यस समयदेखि उनले तीव्र गतिले बाइबललाई अध्ययन गर्न शुरू गरे । उनको ख्रीष्टियान जीवनका पहिलो सात वर्षहरूको अवधि प्लाइमाउथ ब्रेद्रेनद्वारा एकदमै प्रभाव पारिए । त्यसपछि उनले वाचमेन नीलाई भेटे, र अर्को १७ वर्षको निम्ति, १९४९ सम्म, उनी चीनमा ब्रदर नीको सहकर्मी थिए । दोस्रो विश्व युद्धको अवधिमा, जब चीनलाई जापानद्वारा कब्जामा लिइयो, उनलाई जापानीहरूद्वारा कैद गरियो र प्रभुतर्फ उनको विश्वासयोग्य सेवाको निम्ति कष्ट भोगे । परमेश्वरका यी दुई दासहरूको सेवकाइ र कामले चीनमा भएका ख्रीष्टियानहरूमाझ ठूलो पुनर्जागरण ल्याए, जुनले सारा देशभरि सुसमाचारको फैलाइ र सयौं मण्डलीहरूको निर्माणको परिणाम ल्यायो ।

१९४९ मा वाचमेन नीले चीनमा प्रभुलाई सेवा गरिरहेका उनका सारा सहकर्मीहरूलाई एकसाथ बोलाए र विटनेस लीलाई मुख्य भूमिबाहिर, ताइवानको टापुमा सेवकाइलाई जारी राख्न कार्यभार सुम्पिए । त्यसपछिका वर्षहरूको अवधिमा, ताइवानमा र दक्षिणपश्चिम एसियामा भएको परमेश्वरको आशिषको कारणले, एक सयभन्दा बढी मण्डलीहरू स्थापित गरिए ।

१९६० को शुरूवातमा विटनेस लीलाई प्रभुद्वारा संयुक्त राज्य अमेरिकामा सर्नलाई डोरयाइयो, जहाँ उनले ३५ वर्षहरूभन्दा बढीसम्मै प्रभुका सन्तानहरूको फाइदाको निम्ति सेवकाइ गरे र काम गरे । उनी १९७४ बाट १९९७ जूनमा प्रभुसित हुन नगइञ्जेलसम्म, क्यालिफोर्निया, एनाहेम शहरमा बसोबास गरे । संयुक्त राज्य अमेरिकामा उनको कामका वर्षहरूभरि उनले ३०० भन्दा बढी पुस्तकहरू प्रकाशित गरे ।

विटनेस लीको सेवकाइ विशेष गरी ख्रीष्टका खोज्न नसकिने प्रचुरताहरूको गहन ज्ञान र अनुभवलाई चाहना गर्ने खोजीकर्ता ख्रीष्टियानहरूको लागि उपयोगी छ । सारा शास्त्रहरूमा भएका परमेश्वरीय प्रकाशहरूलाई खुल्ला पार्ने कामद्वारा, ब्रदर लीको सेवकाइले उहाँको शरीर, सबैलाई सबैमा भरिपूर्ण पार्नुहुने जनको परिपूर्णता हुने मण्डलीको निर्माणको निम्ति ख्रीष्टलाई कसरी जान्ने भनी हामीलाई प्रकाश पार्दछ । सबै विश्वासीहरू ख्रीष्टको शरीरको निर्माणको यस सेवकाइमा सहभागी हुनुपर्छ ताकि शरीरले स्वयमलाई प्रेममा निर्माण गर्न सक्छ । यस निर्माणको परिपूर्ण गराइले मात्र प्रभुको उद्देश्यलाई परिपूर्ण गर्न र उहाँको हृदयलाई सन्तुष्ट पार्न सक्छ ।

निम्न कुराहरू वाचमेन नी र विटनेस लीका मुख्य आस्थाहरूको विस्तृत वर्णन हुन्ः

  • पवित्र बाइबल पवित्र आत्माद्वारा शाब्दिक रूपमा प्रेरित गरिएको भूल गर्न नसक्ने र परमेश्वरले–सास फेरिएको पूर्ण परमेश्वरीय प्रकाश हो ।
  • परमेश्वर अनन्तदेखि अनन्तसम्म समान रूपले सह–अस्तित्वमा रहने र पारस्परिक रूपमा सहवर्ती हुने एकमात्र त्रिएक परमेश्वर—पिता, पुत्र र पवित्र आत्मा—हुनुहुन्छ । परमेश्वरको पुत्र, परमेश्वर स्वयम् नै, उहाँ हाम्रो छुटकाराकर्ता र मुक्तिदाता हुनको लागि कन्या मरियमबाट जन्मिनुभई, येशू नाउँ गर्नुभएको एक जना मानिसझैं देहधारी हुनुभयो ।
  • असली मानिस, येशू पिता परमेश्वरलाई मानिसहरूकहाँ जान्ने तुल्याउनको लागि यस पृथ्वीमा साढे तेत्तीस वर्षसम्म जिउनुभयो ।
  • उहाँको पवित्र आत्माले परमेश्वरद्वारा अभिषेक गरिनुभएको ख्रीष्ट, येशूले हाम्रा पापहरूको निम्ति क्रूसमा मर्नुभयो र हाम्रो छुटकाराको परिपूर्ण गराइको निम्ति उहाँको रगत बगाउनुभयो ।
  • तीन दिनसम्म दफन गरिएपछि, येशू ख्रीष्ट मरेकाहरूबाट बौरिउठ्नुभयो, र चालीस दिनपछि उहाँ स्वर्गभित्र आरोहण हुनुभयो, जहाँ परमेश्वरले उहाँलाई सबैका प्रभु बनाउनुभयो ।
  • उहाँको आरोहणपछि ख्रीष्टले उहाँका छनोट गरिएका अङ्गहरूलाई एउटै शरीरभित्र बप्तिस्मा गर्नको लागि परमेश्वरको आत्मालाई खन्याउनुभयो । आज यो आत्मा पापीहरूलाई कायल पार्न, तिनीहरूभित्र परमेश्वरीय जीवन प्रदान गर्नुभएर परमेश्वरका छनोट गरिएका मानिसहरूलाई पुनर्जन्म गर्न, जीवनमा हुने तिनीहरूको बढाइको निम्ति ख्रीष्टका विश्वासीहरूमा वास गर्न, र उहाँको पूर्ण अभिव्यक्तिको निम्ति ख्रीष्टको शरीरलाई निर्माण गर्न यस पृथ्वीमा चल्नुहुन्छ ।
  • यो युगको अन्त्यमा ख्रीष्ट उहाँका विश्वासीहरूलाई उठाउन, संसारलाई न्याय गर्न, पृथ्वीलाई स्वामित्वमा लिन, र उहाँको अनन्त राज्यलाई स्थापना गर्नलाई फर्किआउनुहुनेछ ।
  • विजयी सन्तहरूले हजार वर्षको राज्यमा ख्रीष्टसँगै शासन गर्नेछन्, र ख्रीष्टमा हुने सारा विश्वासीहरू अनन्तकालको निम्ति नयाँ स्वर्ग र नयाँ पृथ्वीमा नयाँ यरूशलेममा परमेश्वरीय आशिषहरूमा सहभागी हुनेछन् ।

हाम्रा निःशुल्क ख्रीष्टियान पुस्तकहरू

इबुक वा मुद्रित पुस्तक प्रारूपमा उपलब्ध

हाम्रा पुस्तकहरूले तपाईंलाई बाइबल जान्न, ख्रीष्ट बारे सिक्न, र हाम्रो ख्रीष्टियन जीवनको निम्ति व्यवहारिक सहायता आपूर्ति गर्न सक्छ । यो ऋङखलाले ३ समूहहरूमा भएका ७ पुस्तकहरू समावेश गर्छन् । यो ऋङखलामा भएका शीर्षकहरू प्रगतिमय छन् र हरेकको लागि आश्चर्यजनक आपूर्ति हुन् ।

अझ बढी थाह गर्नुहोस्

अरूहरूसित शेयर गर्नुहोस्