हाम्रो पुस्तकहरूमा तपाईले चासो लिनु भएकोमा धन्यवाद। कोरोना भाइरसको (COVID-१९) महामारीको कारण, हामीसँग यस समयमा डाउनलोडका लागि मात्र ईबुकहरू उपलब्ध छन्, किनकि हामीले पत्रचार पुस्तकहरू निलम्बन गर्नुपर्‍यो। यदि तपाईं eBooks डाउनलोड गर्नुहुन्छ तर अझै मुद्रित पुस्तकहरू प्राप्त गर्न चाहानुहुन्छ भने, जब हामीले फेरी मेल गर्छौं, वा यदि तपाईं प्रिन्ट गरिएको पुस्तकहरू उपलब्ध नभएसम्म अर्डर गर्न पर्खनुभयो भने, कृपया केही महिनामा हाम्रो वेबसाइटमा फेरि जाँच गर्नुहोस्।

हाम्रा पुस्तकहरूले बाइबल बुझ्न तपाईंलाई सहायता गर्दछन्

बाइबलको तपाईंको बुझाइलाई बढाउनुहोस् र परमेश्वरको वचनद्वारा पोषित पारिनुहोस् ।

श्रेणीगत क्रममा हाम्रा पुस्तकहरू भएर पढ्ने कामद्वारा तपाईंले बाइबल र मुख्य बुँदाहरूबारे सिक्नुहुनेछ । हाम्रा पुस्तकहरूलाई पढ्नु बाइबल पढाइमा पुरक हुन्, र आधारभूत ख्रीष्टियान विश्वासका सबै बुँदाहरूको तपाईंको बुझाइ सुधार गर्न सहायता पुरयाउन सक्छन् । हाम्रा पुस्तकहरूको सहायताले तपाईंको ख्रीष्टियान जीवनको निम्ति असल जग प्रदान गर्न सक्छ ।

बाइबलमा भएका केन्द्रीय थोकहरूमध्ये धेरैलाई विस्तृत रूपमा व्याख्या गरिएका छन्, जस्तैः ख्रीष्ट, मण्डली, परमेश्वरको जीवन, र आज परमेश्वरको काम । बाइबलबाटका कथाहरू, दृष्टान्तहरू, चिन्हहरू, प्ररूपहरू र तस्वीरहरूमध्ये धेरै व्याख्याहरू समाविष्ट छन् जसले तपाईंलाई बाइबल बुझ्न सहायता पुरयाउन सक्छ ।

आत्मिक बढाइको निम्ति बाइबल पढ्नुहोस्

जब हामी बाइबल पढाइमा आउँछौं हाम्रो खाँचो बाइबलबाटको ज्ञान बुझ्नु वा पाउनु मात्र होइन । हामीलाई परमेश्वरको वचनद्वारा आत्मिक रूपमा पोषित पारिनु र आपूर्ति गरिनु आवश्यक पर्छ—यो हाम्रो प्राथमिक खाँचो हो । हामीलाई अझै बाइबलको उचित बुझाइ पाउने आवश्यकता हुन्छ, र हाम्रा पुस्तकहरूले यस कुरासित सहायता पुरयाउँछन्, तर हामी योभन्दा पर गएर बाइबलमा अटाइएका आत्मा, जीवन र खाना छुनलाई पनि सिक्न आवश्यक हुन्छ ।

बाइबलले भन्दछ कि यो दूध, खाना, महभन्दा गुलियो हुन्छ र हामीले वचनहरूलाई खानुपर्दछ । हामीले कसरी यसो गर्न सक्छौं ? यो भौतिक खुवाइ होइन, तर आत्मिक खुवाइ हो जसद्वारा हामी परिपक्वतासम्मै बढ्न सक्छौं ।

ग्रीकमा वचनको निम्ति दुई शब्दहरू—लोगोस र रेमा—छन् । लोगोस लिखित, अचल वचन हो । रेमा तत्काल, हाल बोलिएको वचन हो । बाइबलमा भएका वचनहरूले आत्मा र जीवनलाई अटाउँछन्, र तिनीहरू हामीलाई रेमा वचनझैं खाना हुन सक्छ । हामीले वचनको आत्मिक विषयवस्तु प्राप्त गर्नको निम्ति बाइबलमा भएका लिखित वचनहरूलाई लिएर तिनीहरूलाई हाम्रो लागि परमेश्वरको तत्काल बोलीमा बदल्न आवश्यक पर्छ । हाम्रा पुस्तकहरूले यसो गर्ने मार्ग समाविष्ट गर्दछन् र तपाईंले बाइबललाई पढ्नुहुँदा तपाईंको अनुभवलाई समृद्ध पार्न सक्छ । हामीलाई यी पुस्तकहरूद्वारा ज्यादै सहायता पुरयाउँदै आएका छन् र यसैकारणले हामीले स्वयमलाई रेमा साहित्य वितरकहरू कहलाइने निर्णय गरेका छौं ।


बाइबल अध्ययन स्रोतहरू


अरूहरूसित शेयर गर्नुहोस्