हाम्रो पुस्तकहरूमा तपाईले चासो लिनु भएकोमा धन्यवाद। कोरोना भाइरसको (COVID-१९) महामारीको कारण, हामीसँग यस समयमा डाउनलोडका लागि मात्र ईबुकहरू उपलब्ध छन्, किनकि हामीले पत्रचार पुस्तकहरू निलम्बन गर्नुपर्‍यो। यदि तपाईं eBooks डाउनलोड गर्नुहुन्छ तर अझै मुद्रित पुस्तकहरू प्राप्त गर्न चाहानुहुन्छ भने, जब हामीले फेरी मेल गर्छौं, वा यदि तपाईं प्रिन्ट गरिएको पुस्तकहरू उपलब्ध नभएसम्म अर्डर गर्न पर्खनुभयो भने, कृपया केही महिनामा हाम्रो वेबसाइटमा फेरि जाँच गर्नुहोस्।

ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू—भाग दुई

वाचमेन नी र विटनेस लीद्वाराको

समूह दुई, पहिलो पुस्तक, २८ पृष्ठहरू

निःशुल्क ख्रीष्टियान पुस्तक - ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग दुई निःशुल्क ख्रीष्टियान पुस्तक - ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग दुई

वाचमेन नी र विटनेस लीले स्वस्थ ख्रीष्टियान जीवन दिगो राख्नको निम्त तीन आधारभूत तत्वहरू प्रस्तुत गर्दछन्—प्रभुसित समय बिताउनु, सरल तरीकामा उहाँलाई सम्पर्क गर्नु, र उहाँमा गहिरो रूपमा बढ्नु । यी चाबीहरूले तपाईंलाई परमेश्वरको वचनमा पोषण भेट्टाउन, कुनै पनि समय वा कुनै पनि क्षण ख्रीष्टलाई सम्पर्क गर्न, र गहिरो, मीठो र गुप्त तरीकामा परमेश्वरलाई अनुभव गर्न सहायता पुरयाउनेछन् ।

  • के तपाईंले बाइबलको तपाईंको पढाइ सुक्खा भेट्टाउनुहुन्छ ? परमेश्वरको वचनमार्फत आपूर्ति गरिने व्यवहारिक तरीकाहरू थाहा पाउनुहोस् ।
  • साँचो आराधना के हो ? पिताले खोज्नुहुने वास्तविक आराधनाभित्र प्रवेश गर्नुहोस् ।
  • कसरी प्रभावकारी रूपमा प्रार्थना गर्ने र प्रभुमा पर्खिने भनी थाहा पाउनुहोस् ।
  • ख्रीष्टमा गहिरो रूपमा जरा गाडिनुभएर सतही ख्रीष्टियान जीवनबाट मुक्त हुनुहोस् ।

पछाडीको आवरण

“ख्रीष्टियान जीवनको केन्द्रीय बुँदा ख्रीष्ट स्वयमलाई नै जान्नु हो । यसको लागि हामीले दिनदिनै जीवित तरीकामा उहाँलाई सम्पर्क गर्न र अनुभव गर्न आवश्यक हुन्छ । यो अनुभवले उचित आत्मिक खाना, नियमित आत्मिक आराधना, र गहिरो आत्मिक बढाइ लगायत, केही आधारभूत कुराहरूलाई संलग्न गर्दछ । वाचमेन नी र विटनेस लीद्वारा लेखिएका, ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग दुईमा, स्वस्थ ख्रीष्टियान जीवनको लागि तीन आधारभूत तत्वहरूलाई प्रस्तुत गरिएका छन्ः प्रभुसित समय बिताउनु, सरल तरीकामा उहाँलाई सम्पर्क गर्नु, र उहाँमा गहिरो रूपले बढ्नु । यी सन्देशहरूले खोजी गर्ने ख्रीष्टियानहरूलाई परमेश्वरको वचनमा भएको प्रचुर पोषणभित्र, ख्रीष्टसितको क्षण–क्षणको सम्पर्कभित्र, र परमेश्वरको गहिरो, गुप्त अनुभवभित्र ल्याउनेछन् ।”

विषयसूचि

  1. प्रभुसितको समयः यो महत्वपूर्ण अध्याय एण्ड्रियू मूर्रेका आविष्कारहरूमध्ये एउटा—उनले बोलिरहेको सम्पूर्ण जमातमध्ये, एक जनाले मात्र दिनको तीस मिनेट प्रार्थना गरेको र अधिकांशले दिनको पाँच मिनेट मात्र प्रार्थना गर्दै बिताएको—घतलाग्दो कथासित शुरू हुन्छ । तैपनि, प्रभावकारी प्रार्थना हाम्रो ख्रीष्टियान जीवनमा पूर्ण रूपले जीवन्त हुन्छ ! विटनेस लीले हामीलाई प्रभुसित अर्थपूर्ण प्रार्थना कसरी गर्ने र आत्मिक पोषण प्राप्त गर्न परमेश्वरको वचन कसरी पढ्ने बारेमा सहयोगी बुँदाहरू दिँदछ ।
  2. प्रभुलाई छुने सरल मार्गः प्रार्थनामा र वचनमा प्रभुसित व्यक्तिगत बिहानको समय हुनुको अतिरिक्त, अझै हाम्रो दिनको बाँकी समय छ । यो अध्यायले कुनै पनि क्षणमा र कुनै पनि ठाउँमा प्रभुलाई छुने, भेट्टाउने र आराधना गर्ने ज्यादै व्यवहारिक तरीका खुल्ला पार्दछ ।
  3. गहिरोले गहिरोलाई बोलाउँछः के तपाईं प्रभुका गहिरा अनुभवहरूको निम्ति तीव्र इच्छा गर्नुहुन्छ ? तपाईं प्रभुमा बढ्नुहुँदा तपाईंले तपाईंका अनुभवहरू तपाईं स्वयमको निम्ति मात्र होइन, तर अरूहरूको निम्ति पनि हो भनी भेट्टाउनुहुनेछ । हामीले प्रभुलाई हाम्रो अस्तित्वभित्र झन् गहिरो जान दिँदा र हामी उहाँमा जरा गाडिँदा, अरूहरूले सहायता र ज्योतिर्मय गराइ प्राप्त गर्नेछन् । एक पटक हाम्रो भित्रिय अस्तित्व छुनासाथ, अरूहरूले सहायता र ज्योतिर्मय पार्ने काम प्राप्त गर्नेछन् । यो अध्यायको पढाइमार्फत यो अनुभवको वास्तविकताभित्र प्रवेश गर्न शुरू गर्नुहोस् ।


अरूहरूसित शेयर गर्नुहोस्