हाम्रो पुस्तकहरूमा तपाईले चासो लिनु भएकोमा धन्यवाद। कोरोना भाइरसको (COVID-१९) महामारीको कारण, हामीसँग यस समयमा डाउनलोडका लागि मात्र ईबुकहरू उपलब्ध छन्, किनकि हामीले पत्रचार पुस्तकहरू निलम्बन गर्नुपर्‍यो। यदि तपाईं eBooks डाउनलोड गर्नुहुन्छ तर अझै मुद्रित पुस्तकहरू प्राप्त गर्न चाहानुहुन्छ भने, जब हामीले फेरी मेल गर्छौं, वा यदि तपाईं प्रिन्ट गरिएको पुस्तकहरू उपलब्ध नभएसम्म अर्डर गर्न पर्खनुभयो भने, कृपया केही महिनामा हाम्रो वेबसाइटमा फेरि जाँच गर्नुहोस्।

यो संसार कहिले अन्त्य हुनेछ ?

यो संसार कहिले अन्त्य हुनेछ ?

जुन बेला कुनै प्राकृतिक प्रकोप जस्तै महामारी, भूकम्प, आँधी/ तूफान, बाढी इत्यादी हुनेछ, मानिसहरू संसार कहिले अन्त्य हुने भनी छक्क पर्छन् । यो बेवास्ता गरिन नसक्ने प्रश्न हो । कोहीले यो प्रश्न सोध्छन् किनभने तिनीहरू मर्न डराउँछन् । अरूहरू न्यायको दिनदेखि भयभीत हुन्छन् । जबकि अझै अरूहरूले परमेश्वरले चाडै नै हामी भएका यो कुरूप अव्यवस्थालाई अन्त्य गर्नुहुनेछ र मानिस शान्ति र हर्षमा जिउन सकून् भनी प्रेम र धार्मिकताको उहाँको राज्यलाई ल्याउनुहुनेछ भनी आश गरिरहेका छन् ।

यो प्रश्नको जवाफ दिनलाई एकमात्र योग्य अधिकारी, परमेश्वर, उहाँका विश्वासयोग्य अगमवक्ताहरू मार्फत बोल्नुभएको छ, र उहाँको बोली लेखिएको छ र एउटै पुस्तक, बाइबलमा रचना गरिएको छ (मत्ती २४:३६) । यहाँ हामी बाइबलअनुसार यो प्रश्नको जवाफ दिनेछौं र कसरी यो वर्तमान संसार अन्त्य हुनेछ भनी हेर्नेछौं ।

सृष्टि बारे परमेश्वरको उद्देश्य

हामीले यो कहिले अन्त्य हुनेछ भनी हामीले बुझ्न सक्नुअघि स्वर्ग र पृथ्वीलाई परमेश्वरले किन सृष्टि गर्नुभयो भनी बुझ्नैपर्छ । सृष्टिमा परमेश्वरको उद्देश्य उहाँको स्वरूपमा सृष्टि गरिएको, जीवन हुनुहुने उहाँले भरिएको, उहाँलाई अभिव्यक्ति गर्न र सम्पूर्ण पृथ्वीमाथि उहाँको निम्ति शासन गर्न सामूहिक मानिसझैँ निर्मित मानिसहरूको समूह पाउनु हो (उत्पत्ति १:२६) । यसले हामीलाई सङ्केत गर्दछ कि यो संसार यो सामूहिक मानिस निर्मित नभइकन अन्त्य हुनेछैन (एफिसी ४:१२) । परमेश्वरले अझैँ यो उत्कृष्ट कृतिमाथि काम गरिरहनुभएको छ, र तपाईं यसको भाग हुन सक्नुहुन्छ    (एफिसी २:१०) ।

पृथ्वी उपयोग भइरहेको छ

ब्रह्माण्ड अत्यन्तै प्राचीन छ । एउटा हालको ठम्याइ यो हो कि ब्रह्माण्ड १३.८ करोड वर्ष अघि सृष्टि गरियो । परमेश्वरले मानिसलाई सृष्टि गर्नुभए पश्चात, मानिसले पृथ्वीका स्रोतहरू प्रयोग गरिदै आएको छ । विगतको शताब्दीमा, यी स्रोतहरूका मानिसको उपभोग ती चाडै नै क्षीण हुने बिन्दुसम्मै, नाटकीय रूपमा वृद्धि भएको छ । यदि उपयोग यसको वर्तमान दरमा जारी राख्छ भने, हाम्रो खर्च गर्न सक्ने सञ्चय गरेको बेला अर्को शताब्दीसम्मै रहिरहन नसक्ला । ओजोन् तहमा भएको अन्तरालको प्वालहरू नाटकीय रूपमा न छालाको क्यानसरको दुर्घटना वृद्धि गर्न सक्छ । हरितगृह ग्यासहरू वायुमण्डलमा बढिरहेका छन्, त्यसैले भूगोल झन् तातो बनिरहेको छ, र मौसमका ढाँचाहरू अझ बढी खडेरीहरू, आगोहरू र बाढीहरूसहित, परिवर्तन भइरहेका छन् । विषम मौसमी घटनाहरू जस्तै आधीँबेहरीहरू र तूफानहरू अझ बढी बारम्बार र कठोर बनिरहेका छन् । वनजङ्गल घटिरहेका छन्; वन्यजन्तुको निम्ति कम बासस्थान र अक्सिजन उत्पादन गर्न कम वनस्पति हुनेछ । समुद्री तहहरू बढिरहेका छन् र सयौं लाख मानिसहरूद्वारा बसोबास गरिएका समुद्र तटीय भूमिहरू ढाकिरहेका छन् । भूमिगत जलाघर क्षेत्रीय तहहरू घटिरहेका छन्, जसले ज्यादै खाँचो परेका ताजा पानीको कमी तुल्याइरहेका छन् । रासायनिक र आणविक फोहोरहरू हाम्रा ताजा पानीका स्रोतभित्र र समुद्रभित्र चुहिरहेका छन् । हावा हरेक सेकेण्ड दूषित भइरहेको छ, जसले धेरै सहरी क्षेत्रहरूमा अत्यन्तै कठोर श्वासप्रश्वास समस्याहरू तुल्याइरहेको छ । विश्वको जनसंख्या बहुगुणित तवरले विस्फोट भइरहेको छ । बाँच्नको निम्ति चाहिने खाद्यान्न र अरू अत्यवश्यक कुराहरूको आपूर्ति हाम्रो वा हाम्रा बालबच्चाको जीवनकालमा माग एकदमै बढिरहेका हुन सक्छन् । मुख्य आणवीक टक्करबिना नै, पृथ्वी ३० देखि ५० वर्षमा आज हामीले बसोबास गरेको गृहझैँ उस्तै हुनेछैन । बाइबलले हामीलाई बताउँदछ कि एक दिन जलाइने पुरानो लुगाफाटा जस्तै च्यातिनेछ (हिब्रू १:१०–१२; २ पत्रुस ३:१२) ।

संसारका अन्त्यका दिनहरू

बाइबलले संसार कहिले अन्त्य हुने भनी बताउदैन । हामी त्यो घडी वा दिन जान्दैनौं  (मत्ती २५:१३), तर यसले संसारका अन्त्यका दिनहरू कस्तो हुनेछ त्यस बारेमा चाहिँ बताउँदछ । अन्तिम दिनहरूमा, युद्धहरू, युद्धका अफवाहहरू, भोकमारी, र भूकम्पहरू हुनेछन् (मत्ती २४:६–७) । अन्तिम दिनहरूमा बढ्दो व्यवस्थाहीनताका परिवेश हुनेछ   (मत्ती २४:१२) । परमेश्वर र अरू मानिसहरूका निम्ति धेरै मानिसहरूका प्रेम चिसिनेछन् (मत्ती २४:१२) । जिन्दगी धेरै चिन्ताहरूले भरिनेछन् र यी कुराहरूको कारणले गर्दा मानिसहरूले यी चिन्ताहरूबाट उम्किने कोशिश गर्न अत्यन्तै यो सबै किसिमका कामुकता र पियक्कडपनमा सहभागी हुनेछन् (लूका २१:३४) । बाइबलले संसारको अन्त्य नभइञ्जेल चार–घोडाहरूको दौडको उदाहरण पनि दिँदछ (प्रकाश ६:१–८) चार घोडाहरू सुसमाचार, युद्ध, भोकमारी, र मृत्यु हुन् । यो दौड जारी राख्नेछ र तीब्र पनि हुनेछ । यी कुराहरूमध्ये कुनै पनि त्यसै जानेछैन । र यी कुराहरू सुधार हुनेछ भनी मानिसहरूले जति आशा राख्छन्, त्यति नै ती कुराहरू सुध्रिनेछैन तर झन् खराब हुनेछन् ।

संसार अन्त्य हुने तरिका

तैपनि बाइबलले हामीलाई संसार कसरी अन्त्य हनेछ भनेर बताउँदछ । यहाँ मुख्य विषयहरू छन् । संसारको अन्त्य अघि अन्तिम सात वर्षहरू प्रत्येक साढे तीनको दुई खण्डहरूमा विभक्त गरिन्छन् । पहिलो साढे तीन वर्ष शान्तिमय हुनेछ । त्यो अवधिको अन्त्यमा, परमेश्वरले जीवन हुनुहुने उहाँले भरिपूर्ण सामूहिक मानिस उत्पादन गर्नुको उहाँको काम सिध्याउनुभएको हुनेछ (प्रकाश १२:५) । यी मानिसहरू विजेताहरू हुन् । त्यसपछि उहाँले तिनीहरूलाई स्वर्गमा लानुहुनेछ । त्यहाँ तिनीहरूले दियाबलस, शैतानलाई पराजित गर्नेछ र पृथ्वीसम्मै खसाल्नेछ (प्रकाश १२:९–११; १४:१) । त्यसपछि अशुद्ध आत्मा खीष्ट–विरोधी भन्ने दुष्ट मानिसभित्र पस्नेछ, र शैतानले उसलाई त्यसको शक्ति दिनेछ (प्रकाश १३:२) । यो संसारको अन्तिम साढे तीन वर्षमा शुरु हुनेछ । बाइबलले यो अवधिलाई महासङ्कष्ट भन्दछ (मत्ती २४:११) । त्यो समयमा पृथ्वी यस्तो ठाउँ हुनेछ जहाँ कोही पनि जिउन चाहनेछैन (प्रकाश ३:१०) । ख्रीष्ट–विरोधीले मानवतालाई ज्यादै विनाश गर्नेछ, र उही समयमा, धेरै प्राकृतिक र असाधारण विपत्तिहरू हुनेछन् (प्रकाश ११:१३) । साढे तीन वर्षको अन्त्यमा, ख्रीष्ट र उहाँका विजेताहरू अमार्गेडोन भन्ने ठाउँमा ख्रीष्ट–विरोधी र त्यसका सेनालाई कुल्चन स्वर्गबाट ओर्लिआउनेछ (प्रकाश १६:१६; १९:१३–१६; १७:१४) । त्यसपछि परमेश्वरको राज्य पृथ्वीमा ल्याउनेछ, र शैतानलाई हजार वर्षको निम्ति थुनिनेछ (प्रकाश २०:२) । हजार वर्षको अन्त्यमा, शैतानलाई केही समयको निम्ति रिहाइ गरिनेछ । त्यसले अझ बढी विनाश गर्नेछ, तर त्यसपछि त्यसलाई अग्निकुण्डमा फालिनेछ (प्रकाश १९:२०; २०:१०) । शैतान र त्यसका सम्पूर्ण सहयोगीहरूलाई सदाको निम्ति न्याय गरिनेछ । तर परमेश्वरतर्फ फर्किनेहरू र परमेश्वरले भरिन खुल्ला हुनेहरू नवीकरण गरिएको पृथ्वीमा अनन्तताको निम्ति परमेश्वरमा र परमेश्वरसित जिउनेछ (प्रकाश ११:१५) त्यहाँ हर्ष, शान्ति, र धार्मिकता हुनेछन् (प्रकाश २२:३, ५) । त्यहाँ कुनै आँशु, अभाव, बिरामी, चोरी, अधार्मिकता वा मृत्यु हुनेछैन (प्रकाश २१:३–४) ।

यदि तपाईं महासङ्कष्टबाटको अवधिमा संसारको अन्त्यमा आइरहेको निर्जनताबाट उम्किन चाहनुहुन्छ भने, तपाईं आज नै परमेश्वरतिर फर्किन र उहाँ र उहाँको मुक्तिलाई ग्रहण गर्न आवश्यक हुन्छ (मत्ती ४:१७; एफिसी ३:१८–१९; यूहन्ना १०:१०) । यदि तपाईं शैतानको विनाश र परमेश्वरको न्यायबाट उम्किन चाहनुहुन्छ भने, हामी तपाईंलाई निम्नानुसार प्रार्थना गर्न उत्साह दिन्छौंः

 “हे प्रभु येशू! मलाई शैतानको राज्यबाट परमेश्वरको राज्यमा सार्नुहोस् । म अनन्तकालसम्म तपाईंमा र तपाईंसँगै जिउन चाहन्छु । मेरो जीवनझैँ मभित्र अनउनुहोस् । मलाई अहिले नै तपाईंको खाँचो छ ताकि म तपाईंको मुक्तिभित्र प्रवेश गर्न सकूँ ।”

परमेश्वर मानवजातिको निम्ति उहाँको योजना बारेमा अझ बढी थाह गर्न, कृपया हाम्रो वेवसाइटमा जानुहोस्ः

https://www.rhemabooks.org/ne/articles/questions-about-god-man-and-what-is-happening-on-the-earth/

 


अरूहरूसित शेयर गर्नुहोस्