हाम्रो पुस्तकहरूमा तपाईले चासो लिनु भएकोमा धन्यवाद। कोरोना भाइरसको (COVID-१९) महामारीको कारण, हामीसँग यस समयमा डाउनलोडका लागि मात्र ईबुकहरू उपलब्ध छन्, किनकि हामीले पत्रचार पुस्तकहरू निलम्बन गर्नुपर्‍यो। यदि तपाईं eBooks डाउनलोड गर्नुहुन्छ तर अझै मुद्रित पुस्तकहरू प्राप्त गर्न चाहानुहुन्छ भने, जब हामीले फेरी मेल गर्छौं, वा यदि तपाईं प्रिन्ट गरिएको पुस्तकहरू उपलब्ध नभएसम्म अर्डर गर्न पर्खनुभयो भने, कृपया केही महिनामा हाम्रो वेबसाइटमा फेरि जाँच गर्नुहोस्।

कोरोना भाइरस (COVID 19) महामारीको सामना गर्न हामीले के गर्नुपर्छ ?

कोरोना भाइरस (COVID 19) महामारीको सामना गर्न हामीले के गर्नुपर्छ ?

पृथ्वीभरि कोरोना भाइरसको वर्तमान वियोगान्त शुरुआत साथै,  हामी सबैलाई एक वा अर्को तरिकामा असर पारेको छ । धेरै जनाको प्रतिक्रिया चिन्ता र डर नै रहेको छ । तर प्रतिक्रिया दिने अर्को तरिका छ,  र त्यो भनेको परमेश्वरलाई खोजी गर्नु हो !

परमेश्वरले भन्नुहुन्छ कि सङक्रामक रोगको समयले मानिसहरूलाई “तिनीहरू स्वयम्लाई विनम्र पार्न र प्रार्थना गर्न र उहाँको मुहार खोजी गर्न (२ इतिहास ७:१४)” खास अवसर प्रदान गर्दछ । “शान्तिका परमेश्वर स्वयम्” (१ थेसलोनीकि ५:२३) स्वर्गहरूमा मात्र रहन चाहनुहुन्न,  तर उहाँ हामीद्वारा भेटाइन र हाम्रो लागि शान्ति हुन चाहनुहुन्छ । येशूले हामीलाई भन्नुहुन्छ,  “तिमीहरूको हृदय विचलित नहोस्” परमेश्वरमा विश्वास गर्दछौं,  ममा पनि विश्वास गर” (यूहन्ना १४:१) । हामी चिन्तित हुन आवश्यक पर्दैन । हामी चिन्ता र डरमा जिउनुपर्दैन । अर्को मार्ग छ । “प्रभु नजिकै हुनुहुन्छ” (फिलिप्पी ४:५) ।

तर यदि परमेश्वर स्वर्गहरूमा हुनुहुन्छ भने,  कसरी उहाँ हाम्रो लागि नजिक हुन सक्नुहुन्छ र ? बाइबलले हामीलाई बताउँदछ कि परमेश्वर हाम्रो जीवन र हाम्रो शान्ति हुन चरणहरूको ऋङखला मार्फत जानुभयो । उहाँ स्वर्गबाट तल आउनुभयो र येशू नाउँ भनिन्एको मानिस बन्नलाई २, ००० वर्ष अघि देहधारण हुनुभयो त्यसैले उहाँ हामीसँग जिउन र सिधै हाम्रो मानव स्थितिलाई अनुभव गर्न सक्नुभयो । येशूले—हामीलाई असर पार्न पापको विषद्वारा नाश नगरिएको,  र अब उप्रान्त त्यो विषको मुख्य नतिजा,  मृत्युको अधीनतामा नरहेको—हाम्रो मानव जीवन जस्तो हुनुपर्नेथ्यो त्यस्तो जीवनको नमूनाझैँ यस पृथ्वीमा सिद्ध मानव जीवन जिउनुभयो (यूहन्ना १:१,  १४) । कुनै अरू मानवजातिको येशूको जस्तै सकारात्मक रूपमा प्रभाव पारिएको मानव इतिहास छैन । जहाँ–जहाँ येशू जानुभयो,  उहाँले उहाँलाई खोजी गरेकाहरूलाई शान्ति ल्याउनुभयो ।

त्यसपछि,  पाप र मृत्युको समस्या समाधान गर्नको लागि,  येशू हाम्रो प्रतिस्थापकझैँ   (यशैया ५३:४–६) हाम्रो सट्टामा मृत्यु भोग्न क्रुसमा जानुभयो । क्रुसमा,  उहाँ पापको विषको परमेश्वरीय विषनाशक औषधी उत्पादन गर्न सक्षम हुनुभयो—जुन चाहिँ पाप र मृत्युलाई निल्न हामीभित्र प्रदान गरिन रिहाइ गरिएको उहाँको अनन्त जीवन हो । उहाँ हामीलाई हाम्रा पापहरूबाट क्षमा दिनको लागि,  हाम्रो लागि मर्नुभयो ताकि हामी पवित्र र धर्मी परमेश्वरसित शान्तिमा हुन सकौं (एफिसी २:१३–१४) र नाश नहोऔं तर उहाँभित्र विश्वास गरेर अनन्त जीवन पाउन सकौं (यूहन्ना ३:१६) । उहाँको मृत्यु र पुनरुत्थान मार्फत,  हामीले परमेश्वरसित र अरूहरूसित शान्ति पाउन सक्छौं । त्यसपछि,  उहाँको पुनरुत्थानको साँझमा,  उहाँ आफ्ना चेलाहरूकहाँ देखा पर्नुभयो र भन्नुभयो,  “तिमीहरूलाई शान्ति” र यसो भन्नुहुँदै तिनीहरू भित्र सास फुकिदिनुभयो,  “पवित्र आत्मा लेओ” (यूहन्ना २०:२१–२२) ।

अब,  आज,  “वचन तपाईंकै नजिक,  तपाईंकै मुखमा र तपाईंकै हृदयम छ...कि यदि तपाईंले आफ्नो मुखले येशूलाई प्रभुझैँ स्वीकार गर्नुहुन्छ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौरएर उठाउनुभएको हो भनी आफ्नो हृदयमा विश्वास गर्नुहुन्छ भने,  तपाईं मुक्त हुनुहुनेछ” (रोमी १०:८–९) । तपाईंको शान्तिझैँ येशूलाई ग्रहण गर्ने र यस संसारमा पाप,  अन्धकार,  र मृत्युबाट मुक्त हुने सरल मार्ग यसरी प्रार्थना गर्नु होः

प्रभु येशू, म तपाईंभित्र विश्वास गर्छु ! प्रभु येशू पाप र मृत्युबाट मलाई मुक्त गर्नुहोस् ! प्रभु येशू म तपाईंलाई मेरो जीवन र मेरो शान्तिझैँ ग्रहण गर्न चाहन्छु । प्रभु येशू, ममा जिउन मभित्र आउनुभएकोमा तपाईंलाई धन्यवाद !

तपाईंले येशूलाई ग्रहण गर्न प्रार्थना गर्नुभएपछि,  तपाईंले नियमित रूपमा उहाँसँग सङ्गति पाउने अभ्यास जारी राख्न सक्नुहुन्छ । परमेश्वरसित सङ्गति गर्नु भनेको असली अर्थमा उहाँसँग बातचित गर्नु हो । “कुनै कुरामा चिन्तित नहुनुहोस्,  तर हरेक कुरामा धन्यवादसहित प्रार्थना र अन्तर्विन्तीद्वारा,  आफ्ना बिन्तीहरू परमेश्वरकहाँ जान्ने तुल्याऊन्” (फिलिप्पी ४:६) । प्रार्थनामा उहाँकहाँ आउनुहोस् । तपाईंका चिन्ताहरू उहाँतर्फ खुल्ला पार्नुहोस् र उहाँ जे हुनुहुन्छ र उहाँले तपाईंको लागि जे गर्नुभएको छ त्यसको लागि उहाँलाई धन्यवाद दिनुहोस् । त्यसो गर्दा,  तपाईं उहाँको मुक्तिभित्र पस्न सक्नुहुन्छ, “र परमेश्वरको शान्ति,  जसले हरेक मानिसको बुझाइलाई उछिन्छ,  तपाईंका हृदयहरू र तपाईंका सोचहरू ख्रीष्ट येशूमा सुरक्षा गर्नेछ” (पद ७)

परमेश्वर को हुनुहुन्छ र येशूमा उहाँले हाम्रो निम्ति के गर्नुभयो त्यस बारेमा अझ बढी चाह गर्नको लागि,  हामी तपाईंलाइ हाम्रो वेबसाइटमा केही नि:शुल्क पुस्तकहरू डाउनलोड गर्नलाई आमन्त्रित गर्छौं:

https://www.rhemabooks.org/ne/free-christian-books/


अरूहरूसित शेयर गर्नुहोस्