हाम्रो पुस्तकहरूमा तपाईले चासो लिनु भएकोमा धन्यवाद। कोरोना भाइरसको (COVID-१९) महामारीको कारण, हामीसँग यस समयमा डाउनलोडका लागि मात्र ईबुकहरू उपलब्ध छन्, किनकि हामीले पत्रचार पुस्तकहरू निलम्बन गर्नुपर्‍यो। यदि तपाईं eBooks डाउनलोड गर्नुहुन्छ तर अझै मुद्रित पुस्तकहरू प्राप्त गर्न चाहानुहुन्छ भने, जब हामीले फेरी मेल गर्छौं, वा यदि तपाईं प्रिन्ट गरिएको पुस्तकहरू उपलब्ध नभएसम्म अर्डर गर्न पर्खनुभयो भने, कृपया केही महिनामा हाम्रो वेबसाइटमा फेरि जाँच गर्नुहोस्।

ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू—भाग एक

वाचमेन नी र विटनेस लीद्वाराको

समूह एक, पहिलो पुस्तक, ४६ पृष्ठहरू ।

निःशुल्क ख्रीष्टियान पुस्तक - ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग एक निःशुल्क ख्रीष्टियान पुस्तक - ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग एक

वाचमेन नी र विटनेस लीले ख्रीष्टियान जीवन र कसरी तपाईंले यसलाई व्यवहारिक रूपमा जिउन सक्नुहुन्छ भनी पेश गर्दछ । अध्याय एक तपाईंको मानव जीवनको अर्थसित शुरू हुन्छ र तपाईंले आफ्नो दैनिक जीवनमा लागू गर्न सक्ने व्यवहारिक बुँदाहरूसित जारी रहन्छ । यो पुस्तकले प्रचुर र अर्थपूर्ण ख्रीष्टियान जीवनको निम्ति पक्का जग प्रदान गर्दछ ।

  • तपाईंको मानव जीवनको अर्थ पत्ता लगाउनुहोस् ।
  • तपाईंको मुक्तिको निश्चयता र सुरक्षालाई अनुभव गर्नुहोस्—कहिल्यै तपाईंको मुक्तिलाई पुनः शंका नगर्नुहोस् !
  • शैतानबाटका दोषमय अनुभूतिहरू र दोषारोपणहरूद्वारा बमबारी गरिनुभएको छ ? ख्रीष्टको बहुमूल्य रगतको विजयी शक्ति महसुस गर्नुहोस् !
  • ख्रीष्टिलाई सम्पर्क गर्ने र उहाँको उपस्थितिमा रहने ज्यादै सरल तरीका सिक्नुहोस्

पछाडीको आवरण

“ख्रीष्टियान जीवन विशेषता र अर्थले भरिपूर्ण छ, तैपनि धेरै मानिसहरूले परमेश्वरको वचन, बाइबलमा प्रस्तुत गरिएझैं यस जीवनका आधारभूत तत्वहरूलाई बुझ्दैनन् । वाचमेन नी र विटनेस लीद्वाराका ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग एकमा, ख्रीष्टियान जीवनलाई प्रस्तुत गरिएको र व्याख्या गरिएको छ । मुक्तिको परमश्वरको योजना मानव जीवनको रहस्यबारेको अध्याय एकमा प्रस्तुत गरिएको छ । त्यसपछिका अध्यायहरूले कुनै ख्रीष्टियानको निम्ति धेरै आधारभूत अनुभवहरूको विस्तृत विवरण दिन्छन् । अन्तिम अध्यायले कुनै विश्वासीको ख्रीष्टियान जीवनको लागि आखिरी चाबी—मानव आत्मामा हुने ख्रीष्टको अनुभव—प्रस्तुत गर्दछ । परमेश्वरलाई खोजी गर्नेहरूका निम्ति र ख्रीष्टमा बढ्न चाहना गर्ने विश्वासीहरूका निम्ति, यी सन्देशहरूले प्रचुर र अर्थपूर्ण ख्रीष्टियान जीवनको लागि जग बसाल्नेछन् ।”

विषयसूचि

  1. मानव जीवनको रहस्यः के तपाईंले तपाईंको मानव जीवनको अर्थ के हो अथवा किन तपाईं यहाँ यस पृथ्वीमा हुनुहुन्छ भनी कहिल्यै अचम्ममा पर्नुभएका छ ? कसरी तपाईंलाई परमेश्वरलाई ग्रहण गर्न खास रूपमा र पूर्ण रूपमा सृष्टि गरियो भनी थाहा पाउनुहोस्, र कसरी ख्रीष्ट तपाईंको मुक्तिको निम्ति मार्ग बनाउन पृथ्वीमा आउनुभयो भनी हेर्नुहोस् ।
  2. मुक्तिको निश्चयता, सुरक्षा, र हर्षः ठोस जगझैं मुक्तिको निश्चयता ख्रीष्टियान जीवनमा बढ्नलाई पूर्ण रूपमा आवश्यक हुन्छ । यो अध्यायमा, तपाईंलाई तपाईंको मुक्तिको निश्चयता पक्का गर्ने ३ बुँदाहरू, ख्रीष्टको मुक्तिको अनन्त स्वभाव प्रमाणित गर्ने ८ थोकहरू, र तपाईंको प्रचुर मुक्तिको रुचाइलाई कायम राख्ने ४ तरीकाहरू दिइएका छन् ।
  3. ख्रीष्टको बहुमूल्य रगतः कुनै ख्रीष्टियानको निम्ति कुनै पनि क्षणमा परमेश्वरकहाँ अघि आउन सम्भव छ भनी के तपार्ईंले जान्नुभयो ? यो केवल ख्रीष्टको बहुमूल्य रगतको शक्तिद्वारा मात्र हुन्छ । जुन बेला कुनै पाप, शत्रुबाटको कुनै दोषारोपण, कुनै दोष भित्र आउँदछ, तपाईंले तत्कालै स्वीकार गर्नुभएर प्रभुको विजयी रगत दाबी गर्न सक्नुहुन्छ । यो स्वीकारमार्फत, तपाईं र परमेश्वरबीचको सङ्गति तत्कालै पुनस्थापित हुन्छ ! असजिलो महसुस गर्दै, तपाईंका विगतका असफताहरूमा टाँसिदै, वा परमेश्वरबाट अलग पारिदै अझ बढी कुनै समय खेर नफाल्नुहोस् । ख्रीष्टको सदा–उपलब्ध रगत लागू गर्नलाई थाहा पाउनुहोस् । क्षण–क्षण र दिनदिनै ख्रीष्टको सदा–उपलब्ध रगतलाई लागू गर्न र शैतानबाटको हरेक दोषारोपण विजयी गर्न यसको शक्तिलाई अनुभव गर्नलाई सिक्नुहोस् ।
  4. प्रभुको नाउँको पुकाराः यो अध्यायमा, हामी पुरानो र नयाँ करारका विश्वासीहरूले प्रभुको नाउँको पुकारा गराइमार्फतको विस्तृत इतिहास देख्न सक्छौं । योचाहिँ शुरूका नयाँ करारका ख्रीष्टियान अभ्यास र कुनै ख्रीष्टियानको मुख्य अभिज्ञाता थियो । यो अध्यायमा, तपाईंले प्रभुको नाउँको पुकाराका फाइदाहरूलाई महसुस गर्नुहुनेछ ।
  5. ख्रीष्टलाई अनुभव गर्ने चाबीः बाइबलसित “उहाँमा हिँड्नुहोस्” (कल. २:६), “मेरो लागि, जिउनुचाहिँ ख्रीष्ट नै हो” (फिलि. १:२१) र “हाम्रो जीवन ख्रीष्ट” (कल. ३:४) भन्ने वाक्यांशहरू छन् । यसको अर्थ के हो ? प्रभु येशू ख्रीष्टलाई प्राप्त गरिसकेपछि, कसरी तपार्इंले व्यवहारिक रूपमा ख्रीष्टलाई तपाईंको जीवनझैं लिन र उहाँमा हिँड्न सक्नुहुन्छ ? चाहे तपार्इं दालचामलको भण्डारणमा गइरहनुभएको, कक्षामा बसिरहनुभएको वा तपाईंको दाँत माझिरहनुभएको नै होस्, प्रभुलाई सम्पर्क गर्न सम्भव छ । यो अध्यायले तपार्इंको सामान्य, दैनिक जीवनको माझमा ख्रीष्टलाई अनुभव गर्ने मार्ग खुल्ला पार्दछ ।

निःशुल्क ख्रीष्टियान पुस्तक ऋृङ्खला

ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग दुई

अरूहरूसित शेयर गर्नुहोस्